नायिका आना शर्मा तथा नायक आशिरमान देशराजको मुख्य अभिनय रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ लाई अष्ट्रेलियाको सिड्नीमा गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेको छ । नेपाल प्रदर्शन अगावै अष्ट्रेलियाको सिड्नीमा आईतबार फिल्मको भब्य प्रिमियर गरिएको थियो । एकपछि अर्काे हिट फिल्म दिएका हेम राज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ को सिड्नीमा भएको प्रिमियरमा २ सय बढी दर्शकहरु सहभागी थिए ।

प्रिमियरमा हलको क्षमता भन्दा बढि दर्शक उपस्थित भएपछि कतिपय दर्शकले उभिएर समेत फिल्म हेरे । फिल्मको प्रिमियर ड्रिम हाईट र रकडेल ब्वाईजको आयोजनामा भएको हो । ‘ग्याङ्गस्टर ब्लूज’ हेरेपछि प्रिमियरमा उपस्थित दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । दर्शकले समय र टिकटको मुल्य खेर नगएको प्रतिक्रिया दिए । ‘ग्याङ्गस्टर ब्लूज’ मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय रहेको छ । मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV