गायक भुवन सुप्तिहाङ राईको पाँचौं गीति एल्वम ‘सम्मान मेरो’ सार्वजनिक भएको छ । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, म्याराथान धावक बैकुण्ठ मान्नधर, गीतकार बुद्धवीर लामा, संचारकर्मी डव्वु क्षेत्रीलगातले संयुक्त रुपमा एल्बमको सार्वजनिक गरेका हुन् । एल्वममा ‘थाहा छैन जावनीको झोंकमा के के भयो’, ‘दिनमा घाम राम्रो रातमा जून राम्रो’, ‘आउँदो रहेछ जिन्दगीमा यस्तो मोडहरु’, ‘मनै तान्यो भेंडेटारले’ ‘कोहि नाम भएर बदनाम यहाँ’, ‘सुमधुर भाका भन्दा गाँजलु आँखा राम्रो’, ‘तिमीले संसार जित्यौं भन्दा मधेरै खुसी भएँ’, ‘कहिले हाँसो कहिले रोदन’, ‘तम्रो विहेको कुरा सुनें’ र ‘बारपाक गाउँ मेरै’ गरि ११ गीत संग्रहित छन् । राईले अहिले सम्म ३ सय ५० गीतहरुमा संगीत भरिसकेका छन् । एल्वम, चलचित्रमा र फुटकर गरि ५ सय गीतमा स्वर दिइसकेका छन् ।

संस्कृतिविद् जोशीले गायक राई फरक विशेषता बोकेका गीतहरु लिएर आएको बताए । यस्तै गायक सुप्तीहाङ राई निकै मेहेनतका साथ स्थापित भएका लोकप्रिय गायक भएको गीतकार बुद्धवीर लामाले बताए । कार्यक्रममा पत्रकार गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षेत्रीले गायक राईका गीतबारे प्रकाश पारेका थिए । दुइ दशक देखी गायन क्षेत्रमा सक्रिय राईले संगीत क्षेत्रमा गर्नुपरेका संघर्ष र अनुभूती सुनाएका थिए । गायक राई भन्छन् –‘सँगीत क्षेत्रमा आउन एकदमै मेहेनत गर्न आवश्यक छ । मेहेनत र साधना विना यो क्षेत्रमा टिक्न गाह्रो छ ।’ एल्बममा समावेश २ वटा गीतको म्यूजिक भिडियो कार्यक्रममा देखाईएको थियो ।

 

 

For More videos Log on to Mazzako TV