अभिनेत्री शिल्पा पोखरेल फिल्म क्षेत्रमा प्रवेश गरेसँगै उनी र निर्माता छविराज ओझाको बिहे चर्चा चलिरहेको छ । छविले शिल्पासँग बिहे गर्न चाहेको बताएपछि सुरु भएको चर्चा अझै सेलाएको छैन ।

गतबर्षको दशैमा नै छवि र शिल्पाले बिहे गर्ने चर्चा पनि चलेको थियो । तर, छवि र शिल्पाले बिहे गरेनन् । यसपछि, यी दुइले बिहे गरिसकेको चर्चा नेपाली फिल्म वृत्तमा चलिरहेको छ ।

तर, अभिनेत्री पोखरेलले भने आफूले छविसँग बिहे नगरेको तर यसै बर्ष गर्ने जानकारी दिएकी छिन् । साथै, उनले छविराज ओझासँग बिहेका लागि आफ्नो परिवारको कुरा भैसकेको र सबैले अनुमती दिएको पनि बताएकी छिन् । शिल्पाका अनुसार, छविले सेतो दाह्री उनकै कारणले पालेका हुन् । शिल्पाले आफूलाई छविले दाह्री पाल्दा ह्यान्डसम देखिने समेत बताइन् ।

For More videos Log on to Mazzako TV