बाढी प्रभावितको लागि ‘छक्का पन्जा’ निर्देशक दिपाश्री निरौलाले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने बताएकी छिन् । मोरङ समाज मार्फत बाढी प्रभावितको लागि दिपाश्रीले रकम हस्तान्तरण गर्न लागेकी हुन् । यो मेरो व्यक्तिगत सहयोग हो, छक्का पञ्जा २ निर्देशकले भनिन्, यो सानो सहयोग सहयोगको सुरुवात हो । सबैबाट सानो सानो सहयोग भयो भने ठुलो बन्नेछ । विराटनगर घर भएकी दिपाले पहिलो पटक विरटनगर विमानस्थल डुब्दा आँखा रसाएको बताइन् ।

यस्तै कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार बाट बाढी प्रभावितको सहयोगमा जुटेका छन् । बाढी प्रभावितको सहयोगमा जुट्न शर्माले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् ।

 

For More videos Log on to Mazzako TV