रमेश उप्रेतीको निर्माण र अभिनय रहेको फिल्म ‘ऐश्वर्य’ को गीत सार्वजनिक भएको एकै दिनमा ५ लाख बढि पटक हेरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत रहेको ‘तिमी रोएको पल’ बोलको गीतलाई २४ घण्टामा ५ लाख बढि पटक हेरिएको हो । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोमा नायक रमेश उप्रेती र नव नायिका दीपिका प्रसाईंको केमेष्ट्रि लोभलाग्दो देखिन्छ । गीतमा तेञ्जु योञ्जन र अञ्जीला खत्रीको कोरियोग्राफी रहेको छ ।

दिवाकर भट्टराईको निर्देशनमा तयार भएकोे फिल्म ‘ऐश्वर्य’ लाई यो गीतले माथि उठाउँने पक्का छ । फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको निर्माण रहेको लभ स्टोरी फिल्म कात्तिक २ गते, लक्ष्मीपुजादेखि रिलिज हुँदैछ । सुदीप बरालको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको फिल्ममा निर्मल शर्मा सह निर्माताको रुपमा रहेका छन् । हेर्नुस् गीतको भिडियो :

 

For More videos Log on to Mazzako TV