यहि भाद्र ३० गते बाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘जोनी जेन्टलम्यान’ ले चितवन बाट प्रचार प्रसार सुरुवाद गरेको छ । शुक्रबार युवा स्टार नायक पल शाह, नायिका आँचल शर्मा, निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्ल लगायतको टोलीले चितवन बाट फिल्मको प्रमोशन शुरु गरेको हो ।

चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवीलाई ‘जोनी जेन्टलम्यान’ नाममा बिशेष सम्मान कार्यक्रम गरेको हो । फिल्म युनिटले समाजसेवी तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र समाजसेवी छाया श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान प्रदान गरेको हो ।

राम्रो काम गर्ने नै जेन्टलम्यान हुने नायिका आँचल शर्माले बताइन् । नायक पल शाहले आफुले एउटा राम्रो फिल्ममा काम गरेकोले पनि दर्शकलाई फिल्म हेर्न अनुरोध गरे । नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’ मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV