साच्चै, संगीतकार अर्जुन पोखरेल नेपाली फिल्मका लागि एउटा पावरफूल संगीतकारको रुपमा परिचित बनेका छन् । असार ३० गतेबाट रिलिज भएको फिल्म म यस्तो गीत गाउँछुुुले बम्पर व्यापार गर्नुमा उनको संगीतको कमालले काम गर्‍यो ।

फिल्म प्रेमगीतु हिट हुनुमा पनि अर्जुनको संगीतले काम गर्‍यो । संगीत जस्तै गीत पनि कोर्न अर्जुन उत्तिकै माहिर छन् । अधिकांश हिट गीतमा अर्जुनले शब्द र संगीत आफै कोरेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको फिल्म ऐश्वर्युमा अर्जुनको संगीतको जाँदु सुन्न सकिन्छ । तिमी रोएको पलु बोलको गीतले पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

अर्जुन पोखरेल आफैले शब्द तथा संगीत भरेको यो गीतले युटुबमा सार्वजनिक भएसँगै चर्चा पाएको छ । अर्जुन पोखरेल लभ स्टोरी फिल्मको गीतसंगीतमा निकै नै माहिर देखिएका छन् । यसैले पनि अहिले अर्जुनले फिल्म क्षेत्र र दर्शकबाट तारिफ पाइरहेका छन् ।

 

For More videos Log on to Mazzako TV