‘नाइलनको साडी’मा बोलको गीतले मिश्रति प्रतिक्रिया पाएपछि फिल्म ‘छक्का पन्जा २’को टिम अहिले दोश्रो गीतको भिडियोमा निकै मिहिनेत गरिरहेको छ । बिहिबारबाट मुलपानी चौरमा गीतको भिडियोमो धमाधम छायांकन भैरहेको छ । ‘तिमी त्यो किनारामा, म यो किनारमा’ बोलको गीतमा ६० जना कोरसलाई ढाकाको पहिरन लगाएर नचाइएको छ ।

यो गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता विल्सन विक्रम राइलाई फिचरिङ गरिएको छ । साथमा, गीतको भिडियोमा अभिनेता दीपकराज गिरी र वुद्धि तामाङलाइ फिचरिङ गरिएको छ ।

किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ । यही गीतमा फिल्म भित्र अभिनेता दीपकराज गिरी र अभिनेत्री पि्रयंका कार्कीको भेट हुने निर्देशक दीपाश्री निरौलाले बताइन् । फिल्मको यो गीत भदौ ७ गते रिलिज हुनेछ । फिल्म भने हलमा असोज ११ गतेबाट प्रदर्शन हुँदैछ ।

यो गीतमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

For More videos Log on to Mazzako TV