योग बाबा अर्थात बाबा रामदेव अब कलाकार बन्ने भएका छन् । विभिन्न टिभी शोमा देखिदैं आएका रामदेव अब फिल्ममै देखिने भएका हुन् । उनी ‘ये है इन्डिया’ फिल्ममा अभिनय गर्दै छन् । लोम हर्षद्वारा निर्देशित फिल्मको गीत ‘सइयाँ सइयाँ’ मा रामदेव देखा पर्ने भएका हुन् । फिल्ममा गेवी चाहल र डियाना उप्पलको मुख्य भूमिका रहने बलिउड मिडियाले उल्लेख गरेका छन् ।

रामदेवले भने, ‘भारत अब सपेराको देश मात्र होइन । भारतसँग पूरै दुनियाँको नेतृत्व गर्ने क्षमता छ । मैले धेरै सोचेर, फिल्मको समर्थन गर्ने निर्णयमा पुगेको  हुँ । र, मलाई विश्वास छ हाम्रा देशका हर नागरिकले समर्थन गर्छन् ।’ फिल्मका निर्देशक हर्षले बाबा रामदेव प्रति आभार व्यक्त  गरेका छन् । फिल्म अगस्ट १८ मा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV