महिलाहरुको महान चार्ड तीजको अवसर पारेर संचारकर्मी तथा गायिका चन्दा खड्काले नयाँ तीज गीतको भिडियो सार्वजनिक गरेकी छिन् । गायिका चन्दाले आफ्नो तेस्रो एल्बममा समावेश ‘तिजको लहर’ बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् । राजनराज शिवाकोटीको शब्द र लय संकलनमा तयार पारिएको एल्बममा २ वटा तीजका गीत समावेश छन् । दुबै गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् ।

प्रकाश सुब्बाको निर्देशन रहेको भिडियोलाई निशान घिमीरेले सम्पादन गरेका छन् । कोरियोग्राफर रिना न्यौपानेको कोरियोग्राफी रहेको भिडीयोमा नागी डान्स सेन्टरका कलाकार र चन्दा स्वयमको अभिनय रहेको छ । पुर्वाञ्चलमा स्टेज उद्घोषीकाको रुपमा लोकप्रिय बनेकी चन्दाले यस अघिका २ एल्बमको सफलताले तेस्रो एल्बम निर्माण गर्न हौसला मिलेकोे बताईन् । नमस्ते एफ. एम. इटहरीकी कार्यक्रम संयोजक समेत रहेकी चन्दा गीतबाट प्राप्त प्रतिक्रियाले निकै खुशी देखिएकी छिन् । हेर्नुस् भिडियो :

 

For More videos Log on to Mazzako TV