अभिनेता पल शाह स्टार भैसकेका हुन् त ? नेपाली फिल्म बजारमा अहिले उनलाई स्टारको ट्याग दिन थालिएको छ । तर, नेपाली फिल्म क्षेत्रमा फिल्म चल्दा कलाकारले क्रेडिट बढी लिने त नचल्दा तर्कन प्रचलन छ । फिल्म ‘म यस्तो गीत गाउँछु’ चलेपछि फिल्म क्षेत्रमा अभिनेता पललाई स्टारको रुपमा हेर्न थालिएको छ ।
तर, अबको करिब एक महिनापछि अभिनेता शाह अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ रिलिज हुँदैछ । यो फिल्मको व्यापारपछि पलको स्टार क्रेज कस्तो हो एकिन हुनेछ ।
नितिन चन्दले निर्देशन गरेको यो फिल्ममा द्धन्द्ध र प्रेमको समिश्रण देखाइएको छ । फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ ।

एनड्रिउ पौडेलको लगानी रहेको यो फिल्ममा पल जोनीबाट कसरी जेन्टलम्यान बन्छन् भन्ने देखाइएको छ । भदौ ३० गतेबाट यो फिल्म रिलिज हुँदैछ । फिल्मको नयाँ डेट सहितको सार्वजनिक पोष्टरमा पल र आँचल दुबै स्याड मुडमा देखिएका छन् ।

For More videos Log on to Mazzako TV