नेपाल चलचित्र निर्माता संघले उद्योग वाणिज्य महासंघको नव–निर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । उद्योग बाणिज्य महासंघको भवनमा आयोजित कार्यक्रमा निर्माता संघले ६ महिनामा गरेका कामको विवरण पनि प्रस्तुत गरिएको थिो । भवानी राणा नेतृत्वको बाणिज्य महासंघका पदाधिकारीलाई पनि सोही अवसरमा सम्मान गरिएको हो ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि महासंघको सदस्य हुन् । सो कार्यक्रममा चलचित्र निर्माता संघले आफ्नो ६ महिने कार्यपत्र पनि प्रस्तुत गरेको छ । नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसको समाधानको बारेमा राष्ट्रपतिसमक्ष जानकारी, फिल्मको शेयर बाँडफाँड, बजेट सम्बन्धी राय प्रस्तुत, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्मलाई उद्योगको रुपमा स्थापित गराउने काममा संघले आवाज उठाएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यस्तै, संघका महासचिव रोज राणाले फुटेको नयाँ निर्माता संघले कानुनी रुपमा झमेला दिएका कारण काम गर्न गाह्रो भएको भन्दै अब आफूहरुले जितेकाले काम गरेर देखाउने बताए । यस्तै, उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाली फिल्मलाई गर्नुपर्ने सहयोगका लागि महासंघ तयार भएको बताइन् ।

For More videos Log on to Mazzako TV