हाँस्य कलाकार केदार घिमिरेको एउटा शैली अचम्मकै छ । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई बोक्न माहिर छन् । दीपा र माग्ने बुढाको यस्तो शैली यस अगाडिका बर्षमा पनि देखिएको हो । जब, फिल्म रिलिज हुने समय हुन्छ माग्ने बुढा र दीपा विभिन्न फन्डा खोज्छन् । यही, फन्डा मध्ये एउटा हो, माग्नेले दीपालाई बोक्ने ।
मंगलबार गाइजात्राको अवसर पारेर आयोजित एक कार्यक्रममा पनि केदारले दीपालाई जुरुक्कै बोके । दर्शकसँगै फिल्म ‘छक्का पन्जा २’को बारेमा अन्र्तक्रिया गरिसकेपछि दीपालाई केदारले बोकेका हुन् ।

फिल्ममा अभिनय र निर्माणमा एकसाथ लागेपछि दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे नजिक देखिएका छन् । असोज ११ गतेबाट फिल्म रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV