नेपाली फिल्मले ५१ बर्ष पार गरिसकेको छ । ५१ बर्षमा हजार भन्दा बढी फिल्म पनि निर्माण भएका छन् । दश हजार भन्दा बढी गीतसंगीत बजारमा आइसकेका छन् । तर, दर्शकको मुखमा अझै एउटा गीत झुन्डन्छ, ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर माइतीघर’ ।

फिल्म ‘माइतीघर’मा आवद्ध यो गीत अहिले पनि नेपालीको मुखमा झुण्डिएको छ । यो फिल्ममा अभिनय गरेकी थिइन् बलिउडकी चर्चित अभिनेत्री माला सिन्हा । बलिउडमा आफ्नो समयमा सर्वाधिक चर्चित रहेकी मालाले अभिनेता सीपी लोहोनीसँग यो फिल्ममा काम गरिन् । यसपछि, यो जोडीले अर्को फिल्म खेलेन । बिहे गरेर भारतमै घरजम गरे ।

उनै, माला सोमबार बुलेकी सीपीसँग बग्गीमा चढेर माइतीघर आइन् । काठमाण्डौमा आयोजना भएको ‘सीने सर्कल अवार्ड’मा सहभागी हुन नेपाल आएको यो जोडीलाई बग्गीमा कार्यक्रम स्थलसम्म ल्याइएको थियो । मालाले आफूलाई फिल्म नै अफर नआएकाले नगरेको बताइन् । उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान प्रदान गरेका थिए । माला र सीपीले सम्मान प्राप्त गरेपछि भावूक हुँदै यो सम्मान आफूहरुका लागि नेपालको माया भएको बताए ।

For More videos Log on to Mazzako TV