आउँदो भदौ २ बाट प्रदर्शन हुने फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ टिम यतिबेला मोफसल प्रचारमा जुटेको छ । निर्माण युनिट, लिड कलाकार तथा सांगितिक टिम सहितको टोली मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो ।

शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्थानिय सयौं दर्शक चर्चित संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फीमा समेत रमाए ।

फिल्म मुख्यतः युवा पुस्ता पक्षित हुँदा निर्माण टिमले सोही प्रकारको ’पब्लिसिटी स्टाटेजी’ बनाएर आईतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो ।

जहाँ अचम्मको माहोल बन्यो बिधार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसँग अंकमाल गर्न, सेल्फी लिन अनि तश्विर खिचाउनमा निस्किए । आईतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखीयो ।

For More videos Log on to Mazzako TV