राजु अधिकारी निर्देशित फिल्म ‘उल्झन’ को शुभ मुुर्हुत भएको छ । सामेबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म ‘उल्झन’ को शुभ मुुर्हुत गरिएको हो । एउटा युवाले बिदेशमा भोग्नु परेको पिडालाई फिल्मको कथा बनाईएको छ । आफ्नो लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्कदाको पारिवारिक सम्बन्धमा आउने दरार कसरी उत्पन्न हुन्छ भन्ने बिषयलाई फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ ।

फिल्ममा ध्रुब दत्त, रजनी के.सी., बेनी ढुङगाना, दीपक ढकाल, रामचन्द्र अधिकारी लगायत कलाकारको अभिनय रहेने छ । हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत रहेको फिल्ममा शिव बिकले कारियोग्राफी गर्नेछन् । लक्ष्मण घिमिरेको छायांकन, कुमार महर्जनको एक्सन रहेको फिल्म निर्देशक अधिकारीकै कथामा बन्न लागेको हो । सन्तोस अधिकारी र हरि कार्की निर्माता रहेको फिल्ममा नबिन अधिकारी र नारायण ढुङगाना कार्यकारी निार्नता का रुपमा रहेका छन् । तेजेन्द्र कडेल प्रस्तुतकर्ता रहेको फिल्मका मन्षा मान्स्भी अधिकारी र सुजीत महर्जन सह– निर्माता हुन् ।

For More videos Log on to Mazzako TV