पहिलो फिल्म असफल हुँदा धेरै कलाकारको करिअरलाई नै घाटा लाग्छ । अझ, देशकै चर्चित सुपरस्टारहरुको साथमा पहिलो फिल्मबाटै स्टार बन्ने सोच धेरैको हुन्छ । यस्तै, सोच पालेका थिए फिल्म ‘रुद्र’का मुख्य कलाकार विश्व र साराले ।
अभिनेता निखिल उप्रेतीको स्टारडमका कारण फिल्म चल्ने र त्यसको प्रत्यक्ष फाइदा आफूहरुलाई हुने यी दुइको सोच थियो । तर, सोचेजस्तो भएन । साउन १३ गतेबाट रिलिज भएको यो फिल्मले अपेक्षित व्यापार गरेन । दर्शक कम आएपछि विश्व र साराको कामको चर्चा पनि खासै भएन । विश्वले त अझ यो फिल्ममा लगानी पनि गरेका थिए ।

सारा पनि पहिलो फिल्मबाटै उदाउने दाउमा थिइन्, जुन पुरा भएन । निखिल उप्रेतीको पनि लगानी रहेको यो फिल्मले घाटाको व्यापार गर्दा निखिल पनि निर्माताको रुपमा उदाउन सकेनन् ।

For More videos Log on to Mazzako TV