गायक राकेश किराँतीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक किराँतीले ‘मारुनीमा’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।यादुराज राई रिजनको शब्द रहेको गीतलाई बिनोद खम्बुले संगीत भरेका हुन् । ‘आफ्नो ठाउँमा’ एल्बममा समावेश उक्त गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । लामो समय देखी म्यूजिक भिडियोको दिर्नेशन समेत गर्दै आएका गायक राकेश आफैले यस भिडियो निर्देशन गरेका हुन् ।

मारुनी लयमा आधारित गीतको भिडियोमा बबिता फोम्बो लगायत टिमको भभिनय रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोलाई बुद्ध थापा मगर सम्पादक हुन् । भिडियोलाई रेश्मा बान्तावा राइले कोरियोग्राफी गरेकी हुन् । भिडियो :

For More videos Log on to Mazzako TV