साउन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘संरक्षण’ ले मोफसल प्रचार लाई तिब्रता दिएको छ । यतिखेर फिल्म युनिट मोफसलमा रहेको छ । पुर्वको बिर्तामोड, दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ आएर मोफसल प्रचार यात्रा टुंगिने छ । प्रचार यात्रामा फिल्म सम्वन्धि जानकारी दर्शक माँझ पुर्याउदै निर्माण टिमले नारायणगढमा बुधबार फिल्मको प्रिमियर शो सम्पन्न गर्नेछ । मोफसल यात्रामा फिल्मका कलाकारहरुले दर्शकसँग सक्षात्कार गर्नेछन । ट्रेलर, पोस्टर र गीतले गर्दा ‘संरक्षण’ पछिल्लो समय चर्चामा रहेको छ ।

पुर्णेन्दु झा निर्देशित फिल्मले मधेश राजनीतिको कथा भन्छ । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय छ फिल्ममा प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाह लगायतको लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV