मित्रता दिवसको अवसर पारेर फिल्म ‘छक्का पन्जा २’की निर्देशक दीपाश्री निरौलाले पोष्टर सार्वजनिक गरेकी छिन् । असोज ११ गतेबाट रिलिज हुने यो फिल्मको पोष्टरमा ३ अभिनेत्री नै विवाहित देखिएका छन् ।

फिल्ममा प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का अभिनेत्रीको रुपमा छन् । फिल्मको पोष्टरमा तिनै अभिनेत्रीलाइ दुलही भेषमा देखाइएको छ ।

तर, अब यी तिन अभिनेत्रीले कुन पात्रसँग बिहे गर्छन् भन्ने जान्नका लागि दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा तयार भएको यो फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, किरण केसी, स्वरुप पुरुष ढकालको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV