फिल्म ‘राज्जा रानी’बाट फिल्म क्षेत्रमा निर्देशकको रुपमा डेब्यू गरेका निर्देशक यम थापाले नयाँ फिल्म बनाउने भएका छन् । द याक्क याक्का इन्टरटेन्मेन्टको प्रस्तुतीमा बन्ने फिल्मको नाम ‘हुर्रे’ राखिएको छ । यो फिल्म डार्क कमेडी जनरामा बन्नेछ ।

फिल्मले पशुपति परिसमा हुने गरेको घटनालाई उठाउने निर्देशकले बताएका छन् । यो फिल्म भित्र अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारलाई दर्शकले देख्न पाउनेछन् । फिल्ममा सोनम लामा, छिरिङ दोर्जे लामाको लगानी रहेनछ  भने दावा शेर्पा फिल्मका प्रस्तुतकर्ता हुन् ।

फिल्ममा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर, विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहने पक्का भएको छ । फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV