नेपाल युवा चलचित्र मञ्च तथा फाल्गुनन्द फिल्मस्ले ब्यानरमा निर्माण हुने फिल्म ‘शान्ति’ को शुभ साईत गरिएको छ । राजधानीमा शनिवार एक कार्यक्रमको आयोजना गरि फिल्मको शुभ साईत गरिएको हो । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रि आशा कोइरालाले क्लाप हानेर फिल्मको शुभ साईत गरिन् ।

कार्यक्रममा एक जना संचारकर्मी र एक जना समाजसेवी ब्यक्तित्वलाई सम्मान समेत गरियो । लामो समय देखि पत्रकारिताको मध्यमबाट सर्वसाधरण समक्ष सुचना प्रवाह गर्ने महिला रंगपत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरिएको हो ।

बेरोजगार युवा बिदेशिनुको बाध्यता तथा पिडाका कारण परिवारमा पर्ने असर र अशान्तिको वरिपरी फिल्मको कथा घुम्ने छ । दिनेश लिङदेनको निर्देशनमा बन्ने फिल्ममा निशा पोमु, सुशिल क्षेत्री, सुप्रिया श्रेष्ठ, सुदिता लिङदेन, अजय खड्का, प्रदिप योङहाङ, महेन्द्र कुमार राई, उदय सुब्बा लगायतको अभिनय रहने छ । फिल्ममा बिकाश चौधरीको संगीत, राजु किराँतीको एक्सन, जनक कार्कीको नृत्य निर्देशन रहने छ । शान्ता बखिम थेबे फिल्मकी निर्मात्री हुन् भने कार्यकारी निर्माता बषन्त थेबे लिम्बु हुन् ।

For More videos Log on to Mazzako TV