गायक सुगम पोखरेलको ‘दर्शन’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘श्वेत हसिनी’ एल्वममा समावेश यो गितको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो । पोखरेलको ‘श्वेत हसिनी’ सातौं एल्बम हो । यसअघि उक्त एल्बमका दुईटा भिडियो सार्वजनिक भईसकेका छन्, यो तेस्रो म्यूजिक भिडियो हो ।

गीतमा मनिस बशिष्टको शब्द, सुगम पोखरेलको स्वर र संगीत छ । भिडियोमा गायक पोखरेल, निर्मल दाहाल र सफर पोखरेलले फिचरिङ गरेका छन । निकेश खड्काको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने बिकास धमला भिडियोका सम्पादक हुन् । हेर्नुस् भिडियो : 

For More videos Log on to Mazzako TV