साउथ फिल्म ‘बाहुवली’को सफलतापछि यसको प्रत्यक्ष असर बलिउड फिल्ममा देख्न थालिएको छ । यो बर्ष बलिउडमा संझन लायक फिल्म थोरै मा रिलिज भएका छन् भने सफलता बलिउडका लागि फलामको चिउरा चपाए जस्तै भएको छ ।

एकपछि अर्को सुपरस्टारको फिल्मले बलिउडमा हावा खाइरहेको छ । साहरुख खान, सलमान खान, रणवीर कपुर, टाइगर श्राफ जस्ता कलाकारको फिल्मले बक्स अफिसमा असफल साबित भए ।

बलिउड फिल्मले भारतीय बक्स अफिसमै कमजोर व्यापार गरिरहेको समयमा नेपालमा पनि कुनै चमत्कार गर्न सकेका छैनन् । नेपालमा पछिल्लो बर्षयता बलिउड फिल्म असफल भैरहेका छन् । जसको प्रत्यक्ष फाइदा नेपाली फिल्मलाई परेको देखिन्छ ।

नेपालमा अहिले नेपाली फिल्म हेर्ने बानीको विकास हुन थालेको छ । दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्ने र प्रचारमा हाइप बनाएका फिल्म चलेका छन् । बलिउडका स्टारको फिल्मले पनि अब नेपाली फिल्ममा खासै असर नगर्ने देखिएको छ । यो नेपाली फिल्मका लागि सुखद पक्ष हो ।

For More videos Log on to Mazzako TV