‘रागिनी एमएमएस २’ को गीतमा सन्नीको हट अवतार (भिडियो सहित)
‘रागिनी एमएमएस २’ का दुई गीतहरु ‘बेबी डल’ र ‘चार बोतल बोदका’ लाई दर्शकले निकै मन पराएका छन् । दर्शकहरुले मन पराएका यी दुबै गीतहरु डान्सिङ्ग नम्बरहरु हुन ।
तर अब यही चलचित्रको अर्को गीत ‘मैने खुदको…….’ पनि रिलिज गरिएको छ, जुन एकदमै सफ्ट र रोमान्टिक छ । भर्खरै रिलिज गरिएको यस गीतमा नायिका सन्नी लियोनको सुपर हट अन्दाजलाई हेर्न पाईन्छ ।
यस गीतमा नायिका सन्नी लियोनको साथमा साहिल प्रेमलाई पनि देख्न सकिन्छ । गीतको छायांकन बहुत रोमान्टिक तरिकाले गरिएको छ । मुस्तफा जाहिदले गाएको यो सुफी शैलीको गीत सुन्दा निकै रमाईलो लाग्छ । हेर्दा को त कुरै नगरौ । तपाई आफैले थाहा पाईहाल्नुहुनेछ ।
एकता कपूर र शोभा कपुरले मिलेर निर्माण गरेको यस चलचित्रको निर्देशन भुषण पटेलले गरेका हुन् । ‘रागिनी एमएमएस २’ मार्च २१ बाट प्रर्दशनमा आउदैछ ।
भर्खरै रिलिज गरिएको यस गीतको भिडियोमा कैन्डल लाईट, गुलाब पातहरु अनि भिज्दै र रुज्दै गरेका सन्नी लियोन र साहिलको प्रेम र रोमान्स भिडियोमा हेर्न पाईन्छ ।
For More videos Log on to Mazzako TV