शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको बलिउड अभिनेता शारुख खान अभिनित फिल्म ‘जब ह्यारी मिट सेजल’ ले कमजोर व्यापारको सुरुवात गरेको छ । फिल्मले पहिलो दिन १५.२५ करोडको कमाई गर्दा शाहरुख खानको करियरमा अर्को धक्का लाग्ने सम्भावना बढेर गएको छ । शाहरुखका पछिल्ला केहि फिल्मले दर्शकको चित्त नबुझाउँदा त्यसको असर समेत ‘जब ह्यारी मिट सेजल’ मा परेको बुझ्न सकिन्छ । शाहरुखको यस अघिको फिल्म ‘फ्यान’ बक्स अफिसमा फल्पनै भयो ।


इमियाज अलि निर्देशित फिल्म ७५ करोड माथिको बजेटमा निर्माण भएको हो । फिल्मको समिक्षा समेत कमजोर भएकाले आउँने दिनमा फिल्म ‘जब ह्यारी मिट सेजल’ को व्यापार ओरालो लाग्ने अनुमान गरिएको छ ।

 

For More videos Log on to Mazzako TV