संचारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्द तथा सुसन साम्सोहाङ लिम्बूको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक सुसनले ‘सोल्टिनी’ एल्बममा समाबेश ‘तिम्रै लाग्छ पिर’ बोलको गीतको भिडियो हालै रिलिज गरेका हुन् । यस अघि २ वटा एल्बम बजारमा ल्याइसकेका सुसनले लिम्बु भाषाको गीतबाट अवार्ड समेत हात पारिसकेका छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन कोरियोग्राफर सुनिल श्रेत्रीले गरेका हुन् ।

सुलिल श्रेत्रीसंगै मोडल माला लिम्बु फिचरिङमा छन् भने नृत्यमा नेपाली ठिटोजले साथ दिएको छ । अर्जुन तिवारले खिचेको भिडियोलाई बिकाश ज्ञावलीले सम्पादन गरेका हुन् । हेर्नुस भिडियो :

For More videos Log on to Mazzako TV