चार भाषामा निर्माण हुने फिल्म ‘च्वापुफय’ (हिम आधी) को शुभ मुर्हत भएको छ । राजधानीमा एक कार्यक्रमका बिच काठमाडौं महानगरपालिका का मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा फिल्मको शुभ मुर्हत गरिएको हो । फिल्म नेवारी, नेपाली, अङ्ग्रेजी र चाइनिज भाषामा निर्माण हुने छ । फिल्मको नाम नेवारी भाषामा ‘च्वापुफय’, नेपाली भाषामा ‘हिम आधी’, अङ्ग्रेजी भाषामा ‘स्नो स्टोर्म’ रहेको कार्यक्रममा जानकारी दिईयो ।

रोजगारीका लागि ल्हासा गएको युवक तथा उसकी नवबिबाहित श्रीमती बिचमा के कस्तो कारणले बिछोड हुन्छ भन्ने कथाबस्तुमा फिल्म बन्ने छ । फिल्मले तत्कालिन समाजको कथा ब्यथाको सटिक बयान गर्ने निर्माण पक्षले जानकारी दिएको छ । फिल्म ५० प्रतिशत काठमाडौं र बाँकी मुस्ताङ र ल्हासामा छायाङ्कन हुनेछ । महाजु फाउन्डेसन भक्तपुरले निर्माण गर्न फिल्ममा राजेन्द्र मान शाक्य, आशाकाजी थाकु, सुशिल राजोपाध्याय, पल्पसा डङ्गोल, मन्जु श्रेष्ठ, राजेन्द्र महर्जन, सुरेश महर्जन, श्याम श्रेष्ठ, बिनेश श्रेष्ठ, महेश प्रकाश हडा, गौतम महर्जन लगायतको अभिनय रहने छ । फिल्मको स्क्रिप्ट ओम चरन अमात्यले लेखेका हुन् । शंकर महर्जनको छायाङ्कन रहने फिल्म ‘च्वापुफय’ (हिम आधी) का प्रदिप खड्गी निर्देशक हुन् ।

For More videos Log on to Mazzako TV