बलिउडका ‘मिस्टर परफेक्सनिष्ट’को रुपमा चिनिएका नायक आमिर खान शुक्रबारबाट ४९ बर्षका भएका छन् । उनको जन्म १४ मार्च १९६५ मा बान्द्राँको होली फेमिली अस्पतालमा भएको थियो । आमिरका बाबु ताहिर हुसैन पनि फिल्म प्रोड्युसर नै थिए । मुस्लिम परिवारमा उनको जन्म भएको थियो ।

आमिर खान एउटा राम्रो कलाकार मात्र नभएर सफल प्रोड्युसर र डाईरेक्टरको रुपमा समेत चिनिन्छन् । विशेषत आमिरलाई पर्दामा अलग अलग भुमिकामा न्याय गर्नसक्ने प्रतिभाशाली कलाकारको रुपमा सबैले चिन्दछन् ।

आमिर खानले सबैभन्दा पहिले १९७३ मा रिलिज भएको चलचित्र ‘यादो की बारात’ को टाईटल ट्रयाकमा आफ्नो अभिनय कौशल देखाएका थिए । १९ बर्षको उमेरमा चलचित्र ‘होली’मा उनी ओम पुरी, नसीरुद्दीन शाह, दिप्ती नवल लगायत त्यो बेलाका चर्चित कलाकारहरुसँग देखिने अवसर पाए ।

तर आमिरलाई सफल्ताको स्वाद भने ‘कयामत से कयामत तक’ बाट नै मिलेको हो । चलचित्रमा देखाईएको आमिर र जुही चावलाको रोमान्स अनि ट्रयाजिडीले सबैको मन छोएको थियो ।

चलचित्र ‘कयामत से कयामत तक’ र ‘राख’ मा उनले गरेको अभिनयले उनलाई ‘स्पेशल जुरी नेशनल अवार्ड’ पनि दिलाएको थियो ।

आमिरले चलचित्र ‘दिल’मा काम गरिसकेपछि भने कहिल्यै पछि फर्केर हेर्नु परेन । उनका सफल चलचित्रहरु धेरै छन् । नब्बेको दशकमा उनले प्रत्येक बर्ष फिल्म इन्डष्ट्रीलाई एउटा हिट चलचित्र दिईरहे ।

दिल है कि मानता नही, जो जीता वही सिकन्दर, हम है राही प्यार के, परंपरा, अंदाज अपना अपना, बाजी, रंगीला, अकेले हम अकेले तुम, राजा हिन्दुस्तानी, इश्क, अर्थ, गुलाम, सरफरोश लगातउ उनका दर्जनौ हिट चलचित्रहरु छन् ।

त्यो बेलादेखि यो बेलासम्म पनि आमिरले हिन्दी फिल्म इन्डष्ट्रीमा हिट चलचित्रहरु दिईनै रहेका छन् । पछिल्लो समयका उनी अभिनित ‘धुम ३’ ले तहल्का मच्चाउन सफल भएको थियो ।

त्यस्तै उनी अभिनित लगान, रंग दे बसन्ती, फना, तारे जमिन पर, थ्री इडियट्स लगायत चलचित्रले बक्स अफिसमा निकै राम्रो छाप छोड्न सफल भए ।

ठुलो पर्दामा मात्र होईन सानो पर्दामा पनि उनको क्रेज उत्तिकै छ । ‘सत्यमेव जयते’ नामको उनको टेलिभिजन कार्यक्रमलाई दर्शकहरुले धेरै मनपराएका छन् ।

For More videos Log on to Mazzako TV