जब एउटा फिल्म २ स्टार हुन्छन्, त्यसपछि त्यसले बहस निम्त्याउँछ । साउन २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘संरक्षण’ पनि अहिले यस्तै बहसको घेरामा छ । यो फिल्म भित्र दुई स्टार छन् । अभिनेता सौगात मल्ल र निखिल उप्रेती ।

अहिलेको बजार अवस्था यस्तो छ कि, दुबैलाई हिट फिल्मको आवश्यकता छ । सौगात र निखिल असफल फिल्मको घेरामा रुमलिएका छन् । मधेसको मुद्दालाई मुख्य रुपमा उठान गरिएको यो फिल्मले दुबैको करिअर उकास्न सक्छ ।

फिल्मको ट्रेलर हेर्दा सौगात र निखिल दुबै प्रहरीको भूमिकामा छन् । तर, सौगात भन्दा निखिल सिनियर प्रहरीको भूमिकामा देखिएका छन् । मधेसको समस्या उठान गरेको फिल्मको कथावस्तु पावरफूल रहेको निर्माता प्रदिपकुमार उदय बताउँछन् । पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो फिल्म साच्चै कसको नाममा चल्ला त ?

For More videos Log on to Mazzako TV