सामाजिक संजालमा हेर्ने हो भने, यतिबेला अभिनेता आर्यन सिग्देललाई फिल्म ‘रुद्रप्रिया’ सबैभन्दा बढी चासो छ । रेखाले भन्दा बढी तस्बिर आर्यनले सार्वजनिक गरिरहेका छन् ।
कारण, यो फिल्म रेखाका लागि त चल्नैपर्छ, आर्यनका लागि अझ चल्नुपर्छ । निरन्तर असफल फिल्मको चोट ब्यहोरेका आर्यनका लागि यो फिल्म चल्नैपर्ने देखिएको छ । यसैले पनि आर्यन फिल्मको प्रचारमा निरन्तर लागिरहेका छन् ।
आर्यनले फेसबुकमा सार्वजनिक गरेको एउटा तस्बिरमा उनी र रेखाविच गजबको केमेष्ट्री देखाइएको छ । आर्यनको छात्तीमा पल्टिएकी रेखा, उनीसँग सामिप्यता जोडिरहेकी छिन् । यो तस्बिरले पनि आर्यन र रेखाविचको प्रेम फिल्म भित्र कसरी देखाइएको छ भन्ने वुझ्न गाह्रो पर्दैन । कात्तिक २ गतेबाट रिलिज हुने यो फिल्मलाई सुदिप भूपाल सिंहले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV