केही बर्ष अगाडि अभिनेता साहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’ रिलिज भएको थियो । अब, सोही नाम सापटी लिएर नेपाली फिल्म पनि बनेको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर पौष १४ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजर रिलिज भएको छ । फिल्मको लिड रोलमा अभिनेत्री सन्ध्या केसी छिन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्मले नयाँ बर्षमा घटेको घटनालाई उठान गरेको छ । यसैले पनि नयाँ बर्षको छेउमा यो फिल्म रिलिज गर्न लागिएको हो । आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई रती थापाले निर्माण गरेका हुन् । मनोज अधिकारी यसका लाइन प्रोड्यूसर हुन् ।

फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV