नारीहरुको महान चार्ड तीजको माहौल बढिरहेको बेला फिल्म ‘रोमियो एण्ड मुना’ को डानसमा म ए नम्बर बोलको गीति भिडियो सार्वजनिक गरिएको छ । कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द तथा संगीतकार क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामा लगायतको स्वर रहेको छ । गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका छन् ।

भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन् । नरेश कुमार केसीको निर्देशन रहेको फिल्म रोमियो एण्ड मुनामा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । पि एमजी पिक्चर्स र भि मोसन पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्मका प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्माता हुन् भने क्यामेरामा दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठ छन् । माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको सम्पूर्ण जसो छायाँकन धरानमा गरिएको छ । भिडियो यस्तो छ :

For More videos Log on to Mazzako TV