करिब सात बर्ष पानी बाराबारको सम्बन्ध पछि आर्यन सिग्देल र रेखा थापाले एकैसाथ काम गरेको चलचित्र हो ‘रुद्रप्रिया’ । पर्दामा रुचाईएको यो जोडीको पुर्नमिलन भएको सिनेमा ‘रुद्रप्रिया’को ‘चिरबिर चिरबिर’ बोलको गीत सार्वजनिक भएको छ । सुन्दा र हेर्दा दुबै मज्जा लाग्ने यस गीतमा आर्यन र रेखाले निकै मज्जाले कम्मर मर्काएका छन् ।

सिनेमाको यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ । आवाज गायिका मेलिना राईको छ । गीतमा मेलिनासँगै संगीतकार राजनराजको पनि आवाज सुन्न सकिन्छ । गीतको कोरियोग्राफी भने प्रविण सिंहको रहेको छ ।

सुदिप बबी भूपाल सिहंले निर्देशन गरेको सिनेमा ‘रुद्रप्रिया’ रेखा फिल्मस्को ब्यानरमा बनेको सिनेमा हो । निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् । रुद्रप्रिया कार्तिक २ गते लक्ष्मीपूजाबाट रिलिज हुनेछ ।

हेर्नुस्, रुद्रप्रियाको मज्जाको गीत

For More videos Log on to Mazzako TV