केही दिन अगाडि फिल्म ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भयो । फिल्मको मुख्य कलाकारको रुपमा निश्चल बस्नेत, आशिफ शाह र मेनुका प्रधान थिए । तर, फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा नै यी अभिनेत्री देखिइनन् ।

मेनुका प्राय फिल्मका शुभसाइतमा देखिने गर्छिन् । तर, जब त्यो फिल्म चल्ने बेला हुन्छ, प्रचारबाट गायब बनिदिन्छिन् । यो बर्ष मेनुका अभिनित केही फिल्म रिलिज भए । ‘हिटलर, रातो घर, जालो’ जस्ता फिल्म रिलिज भए । तिनै फिल्म बक्स अफिसमा पूर्ण रुपमा असफल भए । तर, फिल्मको प्रचारमा मेनुका कतै पनि देखिइनन् । मेनुका अभिनेत्री भन्दा पनि कलाकारको रुपमा उदाइरहेकी छिन् । उनको हातमा फिल्मको संख्या धेरै छ ।

तर, एकपछि अर्को फिल्ममा काम गर्दै व्यस्त बनेकी मेनुकालाई फिल्मको प्रचारमा साथ दिनुपर्छ भन्ने हेक्का नभएकै हो त ? व्यस्तता बढेपनि मेनुकामा जिम्मेवारी भने बढेन ।

For More videos Log on to Mazzako TV