अभिनेता निखिल उप्रेतीको क्रेज केही बर्षयता कमजोर देखिएको छ । निखिल अभिनित फिल्मले असफल भैरहेका छन् । जसले गर्दा उनको स्टारडम अब नयाँले फुत्काउन थालेको देखिएको छ ।

अभिनेता निखिल उप्रेतीले आफै निर्माण गरेको फिल्म ‘रुद्र’ले आइतबारदेखि पनि राम्रो व्यापार गर्ने बताएका थिए । तर, शुक्रबार र शनिबार सामान्य व्यापार गरेको यो फिल्म आइतबारदेखि भने सुनसान भयो ।

निखिल आफैले राम्रो फिल्म बनेको बताएपनि समिक्षकदेखि दर्शकले खासै रुचाएका छैनन् । निरन्तर दर्शकलाई झुक्याएपछि निखिलप्रति दर्शक निराश बन्दै गएका छन् । सधै एउटै शैलीको फिल्ममा काम गर्दै आएकाले पनि निखिलसँग दर्शक खुशी छैनन् । जसको प्रत्यक्ष असर बक्स अफिसमा देखिन थालेको छ ।

कथावस्तु र शैलीलाई परिवर्तन नगर्ने हो भने निखिलको स्टारडम खस्कदै जाने विश्लेषकहरु बताउँछन् ।

For More videos Log on to Mazzako TV