नेपाली फिल्म क्षेत्रमा एकाएक नयाँ स्टारुको रुपमा उदाएका अभिनेता दयाहाङ राई र सौगात मल्लको यूग सकिन लागेको हो । बजारको भ्यालू र फिल्मको व्यापार हेर्दा मल्टिप्लेक्समा रुचाइएका यी दुइ कलाकारको यूग सकिएको अनुमान गर्न थालिएको छ । दयाहाङले मनलाग्दी फिल्म खेल्दा उनलाई दर्शकले पत्याउन छाडेका छन् ।

यस्तै, अभिनेता सौगात मल्ल अभिनित ‘लुट र लुट २’ बाहेक अन्य कुनै पनि फिल्मले व्यापार गरेका छैनन् । जसलेगर्दा, सौगातलाई सिंगल र मल्टिप्लेक्स दुबै तिरका दर्शकले खासै पत्याएनन् ।

सौगात र दयालाई लिएर फिल्म बनाउन चाहनेहरु अहिले नयाँ अनुहारको खोजीमा लागेका छन् । आर्यन सिग्देल र जीवन लुइटेल जस्ता कलाकारलाई विस्थापित गर्दै उदाएका सौगात र दयालाई पनि अब नयाँले रिप्लेस गर्न थालेको देखिएको छ ।

For More videos Log on to Mazzako TV