चर्चित डान्स ग्रुप कार्टुन क्रिउको नयाँ गीतको भिडियो रिलिज भएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतको भिडियोमा मोडल तथा नायक पल शाहको समेत अभिनय रहेको छ । गीतमा सरोज ओलीको स्वर, दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत छ । उक्त भिडियोलाई कार्टुन क्रिउका सरोज अधिकारीले निर्देशन गरेका छन् । कोरियोग्राफी सरोज, आश्मा र सुविनले गरेका छन् । संजय लामाको छायाँकन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा यो गीत निर्माण गरिएको हो । पोखराका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा कार्टुन्ज त्रिउको मेम्बरहरुलाई कमेडी स्टाइलमा देखाईएको छ । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV