गायक भिषण मुकारुङको स्वरमा नयाँ ‘कोही उदास’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुभ मुकारुङको शब्द तथा बलराम समालको संगीतमा रहेको गीतको राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङ राई लगायतको उपस्थिती रहेको थियो ।

गायक मुकारुङको ‘चन्द्र मुखी’ एल्बममा समावेश उक्त भिडियोको विज्ञान राईले निर्देशन गरेको छन्, भने भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय रहेको छ । राष्ट्रका युवा शक्तीलाई देशले चिन्न नसकेर बिदेशिनु परेको बाध्याताको वास्तबिक्तालाई भिडियोमा प्रस्तुत गरिएको छ । युवा संघर्ष र उनीहरुको पिडा नै गीतको सार हो । हेर्नुस् भिडियो : 

For More videos Log on to Mazzako TV