फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिकामा प्रस्तुत भएका राणा दग्गुबतीको अतिखेर हलिउड फिल्ममा समेत डिमान्ड हुन थालेको छ । उनि हलिउड फिल्मको तयारीमा छन् । राणाले फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ मा नेगेटिभ रोलमा देखिएरै उनले धेरै फ्यान बनाएका छन् । अहिले दग्गुबतीले आफ्नो पहिलो हलिउड फिल्म समेत घोषणा गरिसकेका छन् । उनका अनुसार युकेको स्टुडियो ‘द लण्डन डिजिटल मुभी एण्ड टीभी स्टुडियोज’ ले उनलाई एशियन एम्बेसडर बनाएको छ ।

उनले एक फिल्ममा साइन समेत गरेको फिल्मको सुटिङ सन् २०१८ हुनेछ । एक अंग्रेजी अखबारका अनुसार यो कुराको पुष्टि निर्माता भारती कोमन्नाले गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । तर उनको फिल्मको बारेमा अन्य केही जानकारी भने छैन ।

For More videos Log on to Mazzako TV