करिब ७ वर्ष पछि रेखा थापा तथा आर्यन सिग्देलले एकसाथ अभिनय गरेको फिल्म ‘रुद्रप्रिया’ को अडियो गीत रिलिज भएको छ । ‘रुमाल चिनो देऊ’ बोलको गीतमा राजनराज सिवाकोटीको स्वर र सङ्गीत रहेको छ भने गायिका मेलिना राईले सिवाकोटीलाई साथ दिएकी छिन् । गीतमा गायक तथा सङ्गीतकार सिवाकोटीकै शब्द र राजन इशानको संगीत संयोजन रहेको छ ।

यस वर्षको तिहार अर्थात कात्तिक २ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । सरस्वती थापा र रमेश एमके पौडेल फिल्मका निर्माता हुन् । गीतको भिडियो यही साउन १८ गते रिलिज हुँदैछ । अडियो :

For More videos Log on to Mazzako TV