यही चैत्र ७ गतदेखि देशब्यापी रिलिज हुन लागेको चलचित्र ‘फिटकिरी’ को विदेशी राईट विक्री भएको छ । यो विषयमा जानकारी गराउन विहिबार चलचित्र युनिटले प्रेसमिट राखेको थियो ।

जानकारी गराईए अनुसार चलचित्रको जापान, फिनल्याण्ड, अष्ट्रेलिया र हङ्गकङ्गको प्रर्दशनको राईट विक्री भएको छ । त्यस्तै मलेसिया लगायतका अन्य देशहरुमा पनि कुरा भईरहेको निर्माता अर्जुन कुमारले जानकारी गराए ।

कार्यक्रममा चलचित्रको विदेशी राईट विक्री भईरहेको जानकारी मात्र गराईएन एक आपसमा रंग दलेर चलचित्रको सफल्ताको लागि शुभकामना साटासाट समेत गरियो ।

Fitkari 1

चलचित्र ‘फिटकिरी’मा अर्जुन कुमार र सुमित मैनालीले लगानी गरेका छन् । चलचित्रका निर्देशक अनुप बराल हुन् । आफ्नो पहिलो निर्देशकीय चलचित्रबाट कस्तो प्रतिक्रिया आउने हो भन्ने कुराले आफु निकै उत्साहित रहेको बराल बताउछन् ।

चलचित्रमा सौगत मल्ल, दिया मास्के, शान्ति गिरी, निश्चल बस्नेत लगायतले अभिनय गरेका छन् । सौगातले भने मेरा अन्य चलचित्रमा झै यो चलचित्रमा पनि मेहनत गरेको छु, दर्शकले मनपराउनु हुनेछ भन्ने लागेको छ ।

Fitkari 2
शहरमा घट्ने आपराधिक घटनालाई आधार मानेर चलचित्र बनाईएको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन ।

For More videos Log on to Mazzako TV