नारीहरुको बिषेश चार्ड तीज नजिकिदै जादा गीत संगीत आउने क्रम पनि जारी छ । यहि क्रममा गीतकार राम रुवालीको ‘स्वामी राजा’ बोलको तीज गीतको भिडियो रिलिज भएको छ । लामो समय देखि अष्ट्रेलियामा बसेर नेपाली गीत संगीतलाई माया गर्दै आएका गीतकार रुवालीको तीज गीत हालै युट्युब मार्फत रिलिज भएको हो । गीतमा रुवालीको शब्द बसन्त सापकोटाको संगीत तथा मेलिना राईको स्वर रहेको छ ।

यस भिडियो मार्फत चर्चित गीतकार पूजा मारियाले निर्देशनमा हात हालेकी छिन् । भिडियोमा दिनेश कोइराला र रिना न्यौपानेसंगै नागी डान्स सेन्टर इटहरीका कालाकारको मज्जाको नृत्य छ । आइस्वर लिम्बुले कोरियोग्राफी गरेको भिडियोलाई शिर कुमार राईले खिचेका छन् । तीजमा हुने तडकभडक लाई परिवर्तन गर्नुपर्छ सुन हैन रातो सारी चुरा पोते लगाउने पर्छ भन्ने गीतको शब्दले सन्देश दिन्छ । भिडियो :

For More videos Log on to Mazzako TV