फिल्म ‘म यस्तो गीत गाउँछु’ को बिदेश प्रदर्शनका लागि नायक पल शाह र कलाकार शोभित बस्नेत अहिले थाइल्याण्डमा रहेका छन् । थाइल्याण्डमा समेत शनिबारको बेलुकी शोमा दर्शकको चाप उच्च देखिएको छ । दर्शकहरु टिकट नपाएर हलबाट फर्किएको थाइल्याण्डबाट पलले बताएका छन् । पलले भने–‘दर्शकको उच्च चाप र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले निकै खुशी लागेको छ ।’ नाफाको व्यापार गरेको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ अहिले पनि केहि हलहरुमा प्रदर्शन भैरहेको छ ।

जापान, अष्ट्रेलिया, हङकङकामा प्रदर्शन भैसकेको फिल्मका नायक पल थाइल्याण्डका सम्पूर्ण शो सकेर मात्र नेपाल फर्कनेछन् । अझै केही देशमा प्रदर्शन हुन बाँकी रहेको फिल्म युनिटले बताएको छ । पल शाह, पूजा शर्मा, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारले अभिनय गरेको लभस्टोरी फिल्म सुदर्शन थापा र पूजा शर्माले मिलेर बनाएका हुन् । अर्जुन पोखरेलको संगीत र संजय लामाको छायांकनले पनि निकै तारिफ पाएको छ ।

For More videos Log on to Mazzako TV