नव–अभिनेत्री सारा के नेपाली फिल्ममा जम्न सक्छिन् ? के उनको संभावना राम्रो बनेको हो ? धेरैले अहिले उनको सुन्दरता र कामलाई लिएर चर्चा गर्न थालेका छन् ।
फिल्म ‘रुद्र’बाट नेपाली फिल्म नगरिमा प्रवेश गरेकी अभिनेत्री साराको कामको अहिले राम्रै तारिफ भैरहेको छ ।

अभिनेता निखिल उप्रेतीको स्टारडमका कारण साराको प्रचार केही कमजोर बनेपनि फिल्म रिलिजपछि भने उनको चर्चा सुरु भएको छ । साराले यो फिल्ममा एउटा प्रेमिकाको रुपमा राम्रो काम गरेको धेरैले विश्लेषण गरेका छन् । उनै, साराले अभिनेता निखिल उप्रेतीकै अर्को फिल्म ‘पिजडा ब्याक एगेन’मा पनि काम गरेकी छिन् ।

धेरैको वुझाइमा सारा निखिलको क्याम्पबाट बाहिर आउनु पर्छ । पहिलो फिल्मबाट केही संभावना देखाएकी सारा फिल्म नगरिमा जम्लिन् त ?

For More videos Log on to Mazzako TV