‘बि टाउन’ ‘सन्जु बाबा’ र सन्नी लियोनी अब सँगै देखिदैछन् । संजय दत्त जेल सजायबाट मुक्त भएपछिको उनको चलचित्र ‘भुमि’मा सन्नी पनि उनीसँगै देखिदैछिन् । ‘भुमि’मा सन्नीले आईटम डान्स गर्ने भएकी छिन् । यसैपनि हट सन्नी, अब झन सन्जु बाबासँगको कम्बो, ‘बि टाउन’मा यतिबेला यही कुराको चर्चा छ । सन्नीले यसअघि ‘किंग खान’ शाहरुखको ‘रईस’मा पनि आईटम डान्स गरेकी थिईन् ।

बलिउडमा मेनस्ट्रिम नायिकाको रुपमा भन्दा पनि आईटम गर्लको रुपमा सन्नीलाई रुचाईएको छ । तर, अब हेर्न बाँकी छ संजय अभिनित ‘भुमि’को ‘ट्रिप्पी ट्रिप्पी’ले कत्तिको दर्शकको मन जित्ने हो ? यस सिनेमाको निर्देशन उमंग कुमारले गर्दैछन् ।


सचिन र जिगरको संगीत रहेको सिनेमाको यस गीतमा शब्द प्रिया सरैयाको रहेको छ । कोरियोग्राफी भने गणेश आचार्यले गर्दैछन् । केही दिन पहिले फिल्म युनिटले पोष्टर रिलिज गरेको थियो ।

For More videos Log on to Mazzako TV