पछिल्लो समय नेपाली फिल्म क्षेत्र बिभिन्न कारणले तातिरहेको छ । यतिबेला ‘छक्का पन्जा २’ को गीत निकै बिबादमा मात्र परेको छैन्, बिबादले आक्रमक रुप लिई रहेको छ । ‘हे दाजु न समाउ नारीमा’ बोलको गीत चोरीको आरोप लागेपछि छक्का पन्जाका निर्माता निर्देशक सहितको टोली अहिले तनावमा छन् । दीपकराज गिरी यस बिषयमा थोरै बोल्छन् र धेरै सुन्दै छन् । दीपक स्पष्टिकरण दिदै हिड्ने मुडमा छैनन् । उनले यस बिषयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन् । संगीत क्षेत्रका जानकारहरुका अनुसार यस बिषयमा फिल्मको निर्माण पक्षको भन्दा संगीतकार तथा एरेन्जरको त्रुटि रहेको छ । उक्त गीतमा प्रतिलिपि अधिकार ऐन आकर्षित भएपनि गीतका मुख्य सर्जक भनिएका कान्छा मगर नेपालीको सिर्जना भएको अहिलेको दावि केवल दावि मात्र हुने संगीत रोयल्टी संकलन समाज नेपालका पूर्व अध्यक्ष बरिष्ठ गीतकार राजेन्द्र थापाले बताएका छन् ।

प्रतिलिपि अधिकार ऐन अनुसार कान्छाका पनाती प्रीन्स नेपालीले त कुनै प्रकारको अधिकारको दावि गर्ने अधिकार समेत नरहेको थापाको जिकिर छ । गीतको लय लोकलयमा आधारित भएकाले जस्ले पनि जसरी पनि प्रयोग गर्न सक्ने पब्लिक डोमेन भैसकेको तर्क थापाको छ । दीपकराज गिरीलाई चोरीको आरोप लगाउनु गलत भएको उनि बताउँछ । दीपक संगको ब्यक्तिगत रिसीवी पोखिएको धारणा उनले राखे । गीत कान्छा नेपालीको मौलिक क्रियशन थियो, भने प्रीन्सले आफनो दावि गर्नु चोरी भएको र त्यसमाथी अल्मोडाले झन आफनै क्रियशन भन्नु चोर माथी चकार भएको थापाको भनाई छ । थापाले यसको समाधानका लागी दीपकले संगीतकार र गीतकारको नाम नै नराखी अगाडी बढन सक्ने र प्रमाण पुरा भए पछि त्यस अनुसार अगाडी बढनु पर्ने उनको भनाई छ । अझ बढि भिडियोमा :

For More videos Log on to Mazzako TV