भाद्र २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘दुई रुपैया’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलका गीतहरु चर्चित बनिसकेका छन् । असिम शाहको निर्देशन रहेको फिल्ममा २ रुपैयाँले जीवनमा ल्याउने बिषेश परिस्थितीलाई समेटिएको टे«लरबाट अनुमान लगाउँन सकिन्छ । एक्सन, कमेडी, रोमान्स लाई अटाइएको ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रतालाई बेजोड रुपमा प्रस्तुत गरिएको छ ।

ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले संयुक्त रुपमा निर्माण गरेका हुन् । राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा निश्चल बस्नेत, असिफ शाह, मेनुका प्रधान, बुद्दी तामाङ, रविन्द्र झा, राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय छ । करोड क्लबमा प्रबेश गरेको ‘कुटुमा कुटु’ बोलको गीतले फिल्ललाई सर्पाेट गर्नेमा निर्माण युनिट ढुक्क छ । हेर्नुस् ट्रेलर :

For More videos Log on to Mazzako TV