पछिल्लो समय नेपाल आईडल निकै चर्चामा छ । आईडलका ९ प्रतिस्पर्धी मध्ये दाबेदार समेत मानिएका गायक सुरज थापाको ‘क्रन्दन’ एल्बममा समाबेश ‘ओ प्रिया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द संगीत तथा स्वर समेत गायक थापा कै रहेको उक्त गीत को भिडियोलाई हरी हुमागाईले निर्देशन गरेका हुन् । निराजन प्रधान र सुमी मोक्तान अभिनित उक्त भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

उत्तम हुमागाईले छायाङ्कन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । यो गीत तथा भिडियोले आफ्नो संगीत करियर अझ माथि उकास्न मद्धत पुग्नेमा आफु ढुक्क रहेको गायक थापाले बताउँछन् । हेर्नुस् भिडियो : 

For More videos Log on to Mazzako TV