सामाजिक संजालमा सक्रिय यूवाहरुको समुह ‘एमआरआर’को पहलमा मोफसलका दुई शहरमा फिल्म ‘प्रेमगीत २’को च्यारेटी सम्पन्न भएको छ । पोखरा र वुटवलमा आयोजना भएको फिल्मको च्यारेटीमा यूवायूवतीहरुको राम्रो क्रेज देखियो ।
विशेषगरि, फिल्मका मुख्य अभिनेता प्रदिप खड्कासँग सेल्फी खिच्नका लागि यूवायूवतीमा क्रेज देखिएको थियो । शिक्षाबाट बन्चित बालबालिकाको सहयोगार्थ यो च्यारेटी शो आयोजना गरिएको हो । च्यारेटीमा फिल्मका मुख्य कलाकार प्रदिप र अश्लेषा ठकुरी, निर्माता सन्तोष सेन र निर्देशक रामशरठ पाठक उपस्थित थिए ।

दर्शकले दिनुभएको प्रतिक्रियाबाट उत्साहित भएको भन्दै निर्माता सन्तोष सेनले हलमा पनि फिल्मले आक्रामक व्यापार गर्ने अनुमान गरे । बर्मा, थाइल्याण्ड र नेपालको दृश्यलाई कैद गर्दै नेपालको यूवा र बर्माकी यूवतीको प्रेमकथालाई फिल्ममा देखाइएको छ ।

For More videos Log on to Mazzako TV